नेकपा केन्द्रीय समिति बैठकः एमसीसी पारित नगर्न माग के छ राजनीतिक प्रतिवेदनमा ? पूर्णपाठसहित



१७ माघ,काठमाडाैं ।

बुधबारदेखि काठमाडौंमा जारी नेकपाको केन्द्रीय समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै टोली नेताहरुले रिपोटिङ गर्ने काम सुरु भएको छ । १५ वटा टोलीले छलफल गरेर बैठकमा रिपोटिङ सुरु गरेका हुन् । बैठकमा धारणा राख्ने अधिकाश नेताहरुले एमसीसी पारित गर्न नहुने पक्षमा धारणा राखेका छन् । प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०७७ चैत्र २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । अध्यक्षद्वयको प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले पार्टीको राष्ट्रिय महाधिवेशन अघि २०७७ साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन् ।

राजनीतिक प्रतिवेदनमा २०७७ साउन महिनाको दोश्रो हप्तामा जिल्ला कमिटीले आ–आफ्नो जिल्लाको अभियानमा समिक्षा गर्ने र प्रतिबेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समिक्षा गर्ने र प्रतिबेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिबेदन पारित गर्ने प्रस्ताव गरिएको छ ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिबेदन तथा विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी बैठकमा नेकपाका प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशका संगठनात्मक कामको रिपोर्टिङ शुक्रबारबाट सुरु गरेका छन् । तात्कालिन नेकपा एमाले र नेकपा माओबादी केन्द्रबीच २०७५ साल जेठ ३ गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी भएपछि दोस्रोपटक केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।
के छ अध्यक्षद्धयले बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा ?

प्रतिक्रिया दिनुहोस्