राष्ट्रको हितमा एमसीसी पास हुन्छः मन्त्री ढुंगेल



१८ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहनुभएका वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले राष्ट्रको हित हुने गरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास हुने बताउनुभएको छ । असमान बुँदालाई हटाएर पार्टीले एमसीसी पास गर्ने बताउदै उहाँले देशको अहितमा निर्णय नहुने बताउनुभयो ।
जारी केन्द्रीय समितिको बैठकमा एमसीसीको बारेमा नेताहरुको बीचमा व्यापक रुपमा छलफल भएको छ’, ढुंगेलले भन्नुभयो,‘समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउनको नेपालको आन्तरिक स्रोतबाट मात्र सम्भव हुँदैन, त्यसको लागि दातृ निकायहरुबाट पनि सहयोग लिनुपर्छ ।’
कुनै पनि दातृ निकायले सहयोग दिदा केही न केही शर्त रहने गरेको उल्लेख गर्दै मन्त्री ढुंगेलले राष्ट्रलाई नै घाटा पुग्ने शर्तलाई हटाएर एमसीसी पास हुने दावी गर्नुभयो । ‘एमसीसी पास हुन्छ, देश र जनताको हितविपरीतको बुँदा हटाइन्छ, पार्टीभित्र छलफल हुन्छ, बहस हुन्छ, पार्टीले निर्णय गरेपछि सबैले स्वीकार गर्नुपर्छ’,‘असमान कुरा राख्दैनौ, गहुँ खाने होइन, गुहँलाई पिसेर पिठो खाने हो ।’

भिम रावल पार्टीको नेता भएको बताउदै उहाँले पार्टीमा सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारी हुने बताउनुभयो । ‘पुँजी र प्रविधि नभित्र्याउदासम्म नेपालमा समद्धि सम्भव छैन’, मन्त्री ढुंगेलले भन्नुभयो,‘

प्रतिक्रिया दिनुहोस्