रामेछापका सिडियो पाण्डेको सरुवा नयाँ सिडियोमा रुद्रादेवी शर्मा



२० माघ, काठमाडौं ।
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेसँगै रामेछापको प्रजिअको पनि सरुवा भएको छ । रामेछाप जिल्लामा पहिलो पटक महिला प्रजिअको रुपमा जानुभएका लिला कुमारी केसी पाण्डेको दस महिनामा सरुवा भएको छ ।

 

उहाँको ठाउँमा नयाँ प्रजिअ पनि महिला नै पठाइएको छ । यस अघि उप–सचिवको तहको प्रजिअ रहदै आएको रामेछापमा केही समय अघि मात्र सह सचिवस्तरको प्रजिअ राख्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्