३५ स्वर्ण जितेपछि मन्थली माविमा खुसीयाली (फोटोफिचर)



२० माघ, रामेछाप ।
रामेछाप जिल्लाभित्र नमूना माविको रुपमा स्थापित मन्थली माविले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा ३५ स्वर्ण पदक जित हासिल गरेको छ । मन्थली नगरपालिकाले गत वर्ष देखि आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस वर्ष पनि मन्थली मावि प्रथम भएको हो । ५० स्वर्णको लागि भएको प्रतियोगितामा मन्थली माविले ३५ स्वर्ण, १४ रजत र १९ कास्य गरी ६८ वटा पदक हात पारेको छ ।
त्यसैगरी तामाकोशी अग्रेजी बोर्डिङ स्कुलले ५ स्वर्ण, ४ रजत र ७ कास्य गरी १६ पदक जितेको छ भने रुद्रक्षस्वर माविले ४ स्वर्ण, २ रजत र २ कास्य गरी ८ पदक जितेको छ । मन्थली मावि नगरस्तरीय अन्तर माध्यमिक राष्ट्रपति रनिङ शिल्ड प्रतियो २२ वटा बिद्यालयहरुले सहभागिता रहेको थियो । प्रथम हुने टिमले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद १० हजार पाएका छन् भने द्वितीय हुनेले शिल्ड , मेडल र प्रमाण पत्रसहित नगद ७ हजार प्राप्त गरेका छन् । यसैगरी तृतीय हुने खेलाडीहरुले शिल्ड मेडल र प्रमाणपत्रसहित नगद ५ हजार पाएका छन । भीलबल तर्फको खेलमा पुरुषतर्फ रुद्राक्षश्वर माध्यमिक विद्यालय मुगिटार प्रथम भएको छ भने सेतीदेवी माध्यमिक विद्यालय सालु द्धितीय भएको छ ।

स्थानापति सरस्वती माध्यमिक विद्यालय तृृतीय भएको छ । सोही विधा अन्तर्गत महिलातर्फको खेलमा प्रथम , द्धितीय र तृतीय हुनेमा क्रमशः मन्थली माध्यमिक विद्यालय, रुद्राक्षश्वर माध्यमिक विद्यालय मुगिटार र कर्कलादेवी बोर्डिङ स्कुल रहेका छन् । कबड्डीमा पुरुषतर्फ मन्थली मावि प्रथम, लिटिलस्टार बोर्डिङ स्कुल द्वितीय र कर्कलादेवी बोर्डिङ स्कुल तृतीय भएका छन् ।

यसैगरी महिलातर्फको खेलमा तामाकोशी बोर्डिङ स्कुल पहिलो भएको छ भने स्थानापति मावि बांगेसल्ला दोस्रो र नागकन्या मावि तेस्रो भएको छ । एथलेटिक्स तर्फको खेलमा मन्थली मावि प्रथम भएको छ भने तामाकोशी बोर्डिङ स्कुल द्वितीय भएको छ । खेलमा रुद्राक्षश्वर माध्यमिक विद्यालय तेस्रो भएको छ ।

प्रतिक्रिया दिनुहोस्