सुनापती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने
२४ माघ, रामेछाप ।
सुनापती गाउँपालिकामा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा प्रत्येक वर्ष गरिने विद्यालय स्तरीय खेलकुद प्रतियोगती अनुसार रनिङ शिल्ड प्रतियोगीता हुने भएको हो । सुनापती खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरले यही फागुन १ देखी ३ गते सम्म प्रतियोगीता हुन लागेको बताउनुभयो ।
विगत वर्षझै यस वर्ष पनि गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयबाट खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराइने उहाँल जानकारी दिनुभयो । खेलकुदको विकास र विस्तारको लागि प्रतियोगिता संचालन गर्न लागिएको बताउदै प्रतियोगीताको उदघाटन रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले गर्नुहुने भएको छ । खेलमा भलिबल र एथ्लेटिक्स खेल खेलाइने बताउदै अध्यक्ष घिमिरेले माघ २७ गतेसम्म टिम दर्ताको समय रहेको बताउनुभयो ।