कान्छारामले एम्बुलेन्स वितरण गर्ने, कांग्रेस सभापति देउवा रामेछाप आउदै



२५ माघ, रामेछाप ।
निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले रामेछाप जिल्लामा शवबहान सहित चार वटा एम्बुलेन्स वितरण गर्नुहुने भएको छ । उहाँले रामेछाप जिल्लाको मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा चार वटा एम्बुलेन्स वितरण गर्न लाग्नुभएको हो । कान्छारामले मन्थली नगरपालिकालाई एउटा शवबहान वितरण गर्ने कार्यक्रम रहेको छ । गत निर्वाचनमा रामेछापबाट प्रतिनिधिसभा निर्वाचमा पराजित भएपनि निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार एम्बुलेन्स र शव बहान वितरण गर्न लागेका हुन् ।
एम्बुलेन्स र शव बहान तिवरण गर्न आज कांग्रेसका सभापति शेर बहादुर देउवा र प्रवक्ता विश्व प्रकाश शर्मा अाज हेलिकोप्टरबाट सदरमुकाम मन्थली आउने कार्यक्रम रहेको छ । नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले पार्टी सभापति देउवाको स्वागतको तयारीमा जुटेको बताउनुभयो ।
शेर बहादुर तामाङ प्रतिष्ठान मार्फत कान्छारामले मन्थली नगरपालिका–१, खाँडादेवी गाउँपालिकाको पिङखुरी , दाेरम्बा गाउँपालिकाको थापागाउँ, गोकुलगंगा गाउँपालिकाको फर्पुलाई एम्बुलेन्स वितरण गर्न लाग्नुभएको हो । यस अघि पनि कांग्रेस सभापति देउवाबाट कान्छारामले खरिद गरेको १३ वटा एम्बुलेन्स रामेछापका विभिन्न क्षेत्रमा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्