नेकपा रामेछापको कार्यालय बैठक बस्दै विभागले पूर्णता पाउने



फाइल तस्बीर

२५ माघ, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापको जिल्ला कार्यालयको बैठक आज बस्ने भएको छ । पार्टी एकीकरण भएको २१ महिना वितिसक्दा समेत अझै एकीकरणको कामले पूर्णता पाउन सकेको छैन् । कार्यालय, जिल्ला कमिटी, स्थानीय तहको कमिटी, वडा कमिटीले पूर्णता पाए पनि जिल्लास्थित विभागले पूर्णता पाउन सकेको छैन् ।

नेकपा रामेछापका सचिव शान्ति पौडेलले पाँचौ कार्यालयको बैठक बस्न लागेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘एकताको महत्वपूर्ण काम सम्पन्न भइसकेको छ, विभागलाई पूर्णता दिन काममा लागेका छौ, अबको एक साताभित्र विभागहरुले पूर्णता पाउछ ।’ केन्द्रमा वीस वटा विभागहरु रहेपनि जिल्लामा भने करिब १७ वटा मात्र विभाग गठन हुनेछ ।

निर्वाचन विभाग, प्रचार विभाग, आर्थिक विभाग महत्वपूर्ण मानिएको छ । त्यसैगरी कार्यालय बैठकमा क्षेत्रिय समन्वय कमिटी गठनको विषय पनि एजेण्डामा रहेको सचिव पौडेलले जानकारी दिनुभयो । नेकपा रामेछापको सात सदस्यीय कार्यालय टिम रहेको छ ।

कार्यालयको बैठकमा जिल्ला इन्चार्ज देवशकंर पौडेल, जिल्ला सह–इन्चार्ज श्याम कुमार श्रेष्ठको सहभागीता रहनेछ । सह–इन्चार्ज एवं वागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल भने कार्यव्यस्ताको कारण सहभागी नहुने सचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्