चौलागाईको नेतृत्वमा रामेछापका तीन गाउँपालिकाका अध्यक्ष विदेश भ्रमणमा



२७ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य समेत रहेका सहकारी विभागका उपप्रमुख कमल प्रसाद चौलगाईको नेतृत्वमा रामेछापका तीन गाउँपालिकाका अध्यक्षहरु इजरायल प्रस्तान गएका छन् । गाउँपालिकाको नेतृत्व सम्हालेपछि सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ र दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानको यो पहिलो विदेश भ्रमण हो ।


शैलुङ क्षेत्र सेवा समाजका अध्यक्ष समेत हरका चौलागाईको नेतृत्वमा नेकपाका नेता तथा कार्यकर्ता सहिद परिवारका सदस्य सहित २० जना इजरायल प्रस्तान गरेका छछन् । इजरायलको हेल्पिङ ह्याण्ड कोलिएशन नामक संस्थाको निमन्त्रणमा उक्त टोली इजरायलको कृषि प्रणाली र अन्य वलोकनको लागि प्रस्तान गरेको छ ।

इजरायल जाने टोलीलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल र नेकपा बागमती प्रदेशका सचिव आनन्द पोखरेलले त्रिवुन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । टोलीका संयोजक समेत रहेका चौलागाईले सात दिन इजरायलको भ्रमण गर्ने बताउदै भ्रमणको क्रममा विभिन्न उद्योग, कलकारखाना, कृषि तथा औद्योगिक क्षेत्रको अवलोकन गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्