रामेछाप निवासी गुण्डा नाइके रमेश बाहुनलाई १० बर्ष जेलको फैसला



२८ माघ, रामेछाप ।
गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनल लागु औषध मुद्दामा दोषी ठहर भएका छन् । दोषी ठहर भएसँगै काठमाडौं जिल्ला अदालतले उनको फैसला सुनाएको हो । अदालतले उनलाई १० वर्ष कैद र ७५ हजार जरिवाना सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलाशले २०७१ साल साउन १४ गते उनीविरुद्ध दायर लागुऔषध मुद्दाको अभियोग सदर गर्दै सजाय तोकेका हुन् । उनी पाँच वर्षदेखि पूर्पक्षका लागि कारागारमै छन् ।

२०७१ साउन १९ गते जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । भारतमा लुकेर बसेका उनलाई प्रहरीले २०७१ असार १० गते कलंकीबाट पक्राउ परेको भन्दै सार्वजनिक गरेको थियो ।

प्रहरीले कलंकीको खसी बजार छेउँमा हिडिरहेको बेला उनलाई नियन्त्रणमा लिँदा उनको साथबाट २८ दशमलव ४ ग्राम खैरो हिरोइन र पेस्तोल बरामद भएको दावी गरेको थियो । अदालतले लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।रामेछाप लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका पौडेल लागू औषध मुद्दामा विगत पाँच बर्षदेखि काराकारमै रहदै थिए ।

प्रतिक्रिया दिनुहोस्