रामेछाप महोत्सवको उदघाटन मन्त्री ढुंगेलले गर्ने



५ फागुन, रामेछाप ।
भोलीबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना हुने दोस्रो रामेछाप महोत्सवको उदघाटन बागमती प्रशेका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गर्नुहुने भएको छ । उहाँले दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवको उदघाटन गर्नुहुने भएको हो ।

जिल्लाका पर्यटकीय गन्तव्यहरुको पहिचान गर्ने, जिल्लामाभित्र उत्पादन हुने कृषिजन्य वस्तुहरुको बजार विस्तार गर्ने उदेश्यले फागुन ६ गते देखि १५ गतेसम्म आयोजना गर्न लागिएको महोत्सवका कार्यक्रम संयोजक सानु रोकाले जानकारी दिनुभयो । मन्थलीलाई सगरमाथा क्षेत्रको प्रवेशद्वारका रुपमा विकास गर्न महोत्सव सफल हुने उहाँले बताउनुभयो ।

महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, सह–आयोजक सामाजिक सशक्तिकरण नेपाल र मुख्य प्रायोजक मन्थली नगरपालिका रहेको छ । महोत्सवमा विभिन्न जातजातीका झाँकी प्रदर्शनी, जिल्ला भित्रका साना उद्योगीद्धारा उत्पादित बस्तुको प्रदर्शनी, दोलखा र रामेछापको सीमा क्षेत्र शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली–शैलुङ उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्गको वृतचित्र प्रद्धशनी गर्ने लगायतका कार्यक्रम छन् । महोत्सव अवधिभरका लागि होटलहरुले १० प्रतिशत छुटको समेत घोषणा गरेको होटल पाहुना घरका सञ्चालन बाला कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्