मन्त्री ढुंगेलको प्रश्न–स्रोत नखुलेको सम्पत्ती बाँडन लाज लाग्छ कि लाग्दैन ?



६ फागुन, रामेछाप ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका शीर्ष नेताहरु रामेछाप दौडाहप्रति प्रश्न गर्नुभएको छ । उहाँले समाजिक कार्यमा सम्पत्ती बाँडन मिल्ने भएपछि स्रोत नखुलेको सम्पत्ती बाँडने कार्यमा कांग्रेसका शीर्ष नेताहरु दौडिएको आरोप लगाउनुभएको हो ।
केही दिन अघि मात्र निर्माण व्यवसायी एवं कांग्रेस महासमितिका सदस्य पूर्ण बहादुर तामाङ कान्छारामले खरिद गरेको एम्बुलेन्स र शव बहानको साचो कांग्रेसका सभापति शेर बहादुर देउवाले हस्तान्तरण गर्नुभएको थियो ।

दोस्रो रामेछाप कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवको उदघाटन गर्दै नेकपा रामेछापका सह–इन्चार्ज समेत रहनुभएका अर्थमन्त्री ढंगेलले देउवालाई प्रश्न गर्दै भन्नुभयो,‘स्रोत नखुलेका सम्पत्तीको साचो हस्तान्तरण गर्दा लाज हुन्छ की हुदैन ?’
उहाँले जनताको सेवा गर्ने व्यक्तिहरुले आफ्ले प्रदान गरेको सम्पत्तीको स्रोत समेत खुलाउनु आग्रह गर्नुभयो । स्रोत नखुलेको सम्पत्ती वितरण गर्ने क्रम बन्द गर्नको लागि स्थानीय सरकार पनि चनाखो हुनुपर्ने मन्त्री ढुंगेलको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्