गायक कटुवाललाई तत्काल रिहा गर्न राष्ट्रिय संगीतकर्मी संघको माग



७ फागुन, काठमाडौँ । चर्चित लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी संघका प्रथम उपाध्यक्ष प्रकाश कटुवाललाई नियोजित ढंगले फसाईएको राष्ट्रिय संगितकर्मी संघलगायत सम्पूर्ण कलाकर्मीहरुले तत्काल रिहा गर्न माग गरेका छन् । राजाधनीमा आयोजित कार्यक्रम मार्फत राष्ट्रिय संगीतकर्मी संघले र गायक कटुवाललाई नियोजित ढंगले फसाईएको भन्दै तत्काल रिहाई गर्नसमेत माग गरेको हो ।

संघकाअनुसार पोखरामा आयोजित राष्ट्रिय संगीतकर्मी संघ कास्की शाखाको बृहत्त सांस्कृतिक कार्यक्रमसहितको वनभोज कार्यक्रममा सहभागी हुन् जाँदै गरेका गायक कटुवालकी श्रीमती लक्ष्मी कटुवाललाई यात्राको क्रममा तनहुँको डुम्रे बजारको डाँफे होटलको अगाडि वान्ता (वमिट) आएको निहुँमा सामान्य विवाद भएको थियो । संघले उक्त घट्नामा सहमति भएर गायक दम्पती पोखरातर्फ प्रस्थान् गरेको पनि जनाएको छ । तर, गायक दम्पत्ती पोखरा पुगेलगत्तै सुरुमा गायक कटुवालसँग विवाद परेका होटल सञ्चालक लालकाजी गुरुङलाई कोही कसैले आक्रमण गरेको अवस्थामा गायक कटुवालनै दाषी हो भनि भीडभाड र जमातको बलमा बिनाकसुर मुद्दा चलाईएको आरोप सम्बन्धित व्यक्तिहरुबाट प्रमाणसहित दाबी गरिएको छ ।
त्यसैगरि कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले गल्ती गरेको भए सोही दिन किन मुद्दा दर्ता प्रहरीले नगरेको भन्दै प्रश्न गरे । उनले भने,‘दास ढुङा घट्नाजस्तै सो घटना घटेको छ ।’ सत्यतथ्य सबैलाई थाहा हुँदापनि प्रशासन किन मौन बसेको छ, यसमा हाम्रो गुनासो हो ।’
उनले यो प्रकरणमा गायक कटुवाल कुनैपनि हिसाबले दोषी नभएको जिकिर गरे । उनले भने,‘प्रकाश दोषी छैनन् भन्ने कुरा स्वयम प्रहरीलाई समेत थाहा थियो, त्यही भएर प्रहरीले तीन दिनसम्म मुद्दा नचलाई बसेको हो । प्रहरीले त प्रकाशविरुद्ध मुद्दा दर्ता गर्न नै मानेको थिएन ।’
उनले प्रहरीद्वारा तीन पटकसम्म यो प्रकरणमा मिशील फेरिएको स्पष्ट पारे । उनले भने,‘तनहुँ जिल्ला प्रहरी कार्यालयले समेतले हामी केही गर्न सक्दैनौ भन्यो ।’ उनले आफूहरुको आवाजलाई कसैले सुन्न नचाहेको समेत गुनासो पोखे । उनले यो प्रकरणमा आफूहरु ज्ञापनपत्र लिएर गुह मन्त्रालय र कानुन मन्त्रालयसमेत जाने प्रतिबद्वता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्