रामेछापका थापामगर अनेरास्ववियू काठमाडौंको संयोजक



८ फागुन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको हो । कुल ६१ सदस्यीय कमिटीमा साविक अनेरास्ववियुवाट ३२ जना र साविक अनेरास्ववियू (क्रान्तिकारी) बाट २९ जना रहेका छन् ।

त्यस्तै ७ सदस्यीय कार्यालय टिममा साविक अनेरास्ववियुवाट ४ जना र साविक नेरास्ववियू (क्रान्तिकारी) वाट ३ सदस्य रहेका छन् । कार्यालय टिममा कृष्ण थापा मगर, राजकुमार लामिछाने , रामेश्वर फुयाल , सविन डांगी , दिपकराज दाहाल , सन्तवहादुर तामाङ र उमेश भण्डारी रहेका छन् ।

यस्तै स्थानीय तहहरुको एकताको सन्दर्भमा पनि साबिक अनेरास्ववियूबाट शंखरापुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, किर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकाको नेतृत्व गर्ने गरी साथै साबिक अखिल (क्रान्तिकारी)बाट काठमाडौं महानगरपालिका सहित गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, तारकेश्वर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको नेतृत्व गर्ने गरी सहमति गरेका छन।

यस्तो छ अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीको नामावलीः

 

प्रतिक्रिया दिनुहोस्