विश्व बैंकले गर्यो कुलमानको प्रसंशाः नेपालको प्रगति संसारभर गर्व गर्न लायक



१२ फागुन, काठमाडौं । विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा भएको प्रगतिलाई संसारमै गर्व गर्न लायक भएको बताएको छ । काठमाडौंमा भएको उर्जा सम्मेलनलाई सम्बोधन गर्दै विश्व बैंकका निर्देशक फरिस एच हदाद जर्भोसले विद्युतीकरणमा नेपालले संसारमै राम्रो प्रगति गरेको बताउनुभएको हो ।

नेपालले सन् २०१८देखि लोडसेडिङ हटाएकोमा खुसी व्यक्त गर्दै उहाँले गुणस्तरीय विद्युतका लागि नेपाल सरकारसँग साझेदारी गर्न पाएकोमा आफूलाई पनि गर्व लागेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सफल व्यवस्थापनको कारण नेपाल लोडसेडिङमुक्त भएको भन्दै जर्भोसले प्रशंसा गर्नुभयो । लोडसेडिङमा रहेको नेपाललाई घिसिङले नेतृत्व सम्हालेको छोटो समयमा ने लोडसेडिङमुक्त गराउन सफल हुनुभएको थियो । विद्युतको अभाव खपिरहेको प्राधिकरणले अहिले छिमेकी देश भारतलाई विद्युत बेच्ने अवस्थासम्म पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्