सुनापती गाउँपालिकाकाे भ्वाँसामा ल्होछार मनाइदै



११ फागुन, रामेछाप ।
तामाङ समुदायको पर्व २१४७ औं ग्याल्पो ल्होछारको अवसरमा सुनापती गाउँपालिका–४ बेथानस्थित भ्वाँसामा शुभकामना कार्यक्रम हुने भएको छ । सुनापती बुद्ध धर्म म्हनिपा आमा समुह भ्वासाद्धारा आयोजित कार्यक्रममा शुभकामना कार्यक्रम आयोजना गरिएको हो । म्यानिपा आमा समुहद्धारा अयोजित कार्यक्रमको प्रयोजन सुनापती भ्वासा च्यारिटी मेडिकल सेन्टरले गरेको छ ।

आफ्नो रितिरिवाज र परम्परा अनुसार ल्होछार पर्व मनाउन लागिएको सुनापती बुद्ध धर्म केन्द्र म्हानिपा आमा समुहका अध्यक्ष चेलिमाया तामाङले जानकारी दिनुभयो । भोली हुने कार्यक्रममा नेकपाका नेता टंकलाल घिसिङ लगायतका नेताहरुको सहभागीता हुनेछ ।

सुनापती भ्वासा च्यारिटी मेडिककल सेन्टर प्रालिका सञ्चालक समेत रहनुभएका स्थानीय समाजसेवी एवं धर्मगुरु विमानसिंह लामाले मौलिक परम्परालाई निरन्तरता दिनको लागि शुभकामना कार्यक्रम गर्नु राम्रो भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्