उमाकुण्ड गाउँपालिकामा अस्पताल निर्माण गर्ने मन्त्री दुलालको घोषणा



विष्णु खड्का

११ फागुन, रामेछाप । बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले उमाकुण्ड गाउँपालिकाभित्र सुविधा सम्पन्न अस्पताल निर्माण हुने घोषणा गर्नुभएको छ । प्रदेश सरकारले विकासको गति अगाडि बढाइरहेको बताउदै उहाँले सबै जिल्लामा व्यवस्थित खेलमैदान र प्र्र्रत्येक स्थानीय तहमा अस्पताल निर्माण गरिने बताउनुभएको हो ।

उमाकुण्ड गाउँपालिकामा हालसम्म अस्पताल सञ्चालनमा आउन सकेको छैन् । मन्त्री दुलालले गाउँपालिका भित्रका ४५ वटै बिद्यालयमा दरबन्दी कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उमाकुण्ड गाउँपालिकामा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उदघाटन गर्दै मन्त्री दुलालले स्थानीय तहको विकास निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउुभयो । प्रतियोगीता फागुन १३ गते सम्म सञ्चालन हुनेछ । खेलमाउमाकुण्ड गाउँपालिकाभित्र रहेका ७ वटा माविका छात्रछात्रहरुबीच खेल हुनेछ ।
कार्यक्रममा रामेछाप प्रदेश सभा ‘ख’का प्रदेश सभा सदस्य शान्ति पौडेल, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्