दोस्रो सुनापती गाउँपालिका अध्यक्ष कपको उदघाटन अर्थमन्त्री ढुंगेलले गर्ने



१३ फागुन, रामेछाप ।
सुनापती गाउँपालिकामा दोसो सुनापती गाउँपालिका अध्यक्ष कप हुने भएको छ । फागुन २५ गतेदेखि २८ गतेसम्म अध्यक्ष कप हुन लागेको हो । सुनापति गाउंपालिका खेलकुद विकास समितिद्धारा आयोजित अध्यक्ष कप प्रतियोगीतमा गाउंपालिका स्तरीय अन्तर वडा÷क्लब खेलकुद प्रतियोगिता हुनेछ ।

गाउँपालिका कार्यालय हिलेदेवीको खेल मैदानमा आयोजना हुन खलकुद प्रतियोगीतामा अन्तर्गत भलिबल र ब्याटमिन्टन खेल समावेस गरिने छ । सुनापती गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले प्रतियोगितामा सुनापति गाउंपालिका विभिन्न क्लब, संघ÷संस्था र वडाको टिम सहभागी हुने जानकारी दिनुभयो ।

प्रतियोगीतामा भलिबल खेलको लागि दर्ता शुल्क तीन हजार, ब्याटमिन्टन खेलको लागि दर्ता शुल्क पाँच सय निर्धारण गरिएको छ । टिम दर्ता गर्ने अन्तिम म्याद फागुन १८ गतेसम्म रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । प्रतियोगीताको उदघाटन बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्