बाग्मती प्रदेशका स्थानीय तहका पदाधिकारीेलाई अब तबलको सट्टा भत्ताः मन्त्री ढुंगेल



१३ फागुन, काठमाडौं ।
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ । बाग्मती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेले स्थानीय तहका पदाधिकारीले तलबको सट्टा भत्ता पाउने गरेर सुविधालाई संशोधन गर्ने निर्णय गरेको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

आजको प्रदेशसभा बैठकले प्रदेश विशेष अनुदानका योजना स्वीकृत र हात्तीसार कार्यालय हस्तान्तरण गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । प्रदेशले यसअघि निर्माण गरेको ऐनका कारण स्थानीय तहका पदाधिकारीलाई तलब सुविधा वितरण गर्न समस्या भएपछि सो ऐन संशोधन गर्न लागिएको हो ।
ऐन संशोधनपछि जनप्रतिनिधिले अदालतको फैसलामार्फत रोकिएको सुविधा प्राप्त गर्ने बाटो खुल्ने जनाइएको छ । बागमती प्रदेशले जनप्रतिनिधिलाई मासिक तलबका रुपमा सेवा सुविधा उपलब्ध गराउने ऐन निर्माण गरेको थियो । सो ऐनलाई संशोधन गरेर भत्ताका रुपमा मात्र सुविधा दिने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्