बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने नेकपाको निर्णय



१४ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम अब राष्ट्रियसभाका सदस्य हुने भएका छन् । आज बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको प्रवक्त नारायणकाजी श्रेष्ठले बताए । उनकाअनुसार गौतमलाई राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्ति गर्न मन्त्रिपरिषदको सिफारिस गर्नेछ ।

बैठकले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने गौतमको शर्तलाई अस्वीकार गरेको छ । गौतमको मागअनुसार संविधान संशोधन गर्न अघिल्लो बैठक बनाएको कार्यदललाई भंग गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । यसअघि राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग गर्दै माघ ९ को राष्ट्रियसभा चुनावमा उम्मेदवार बन्न अस्वीकार गरेका थिए । अन्ततः गौतम राष्ट्रिय सभाको सदस्य हुँदै उपप्रधान एवं अर्थमन्त्री बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्