नेकपा बाग्मती प्रदेश कमिटीको आपूर्ति विभागको प्रमुखमा पूर्व सभासद श्रेष्ठ



१६ फागुन, काठमाडौं ।
नेकपा बाग्मती प्रदेश कमिटीले विभागहरुलाई पूर्णता दिएको छ । राजधानी काठमाडौंमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश अन्तर्गतका विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाएको हो ।

बैठकले उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा प्रदेश कमिटीका सदस्य एवं पूर्व सभासद तारानारायण श्रेष्ठलाई चयन गरेको छ । विभागको उपप्रमुखमा जानुका सिंखडा रहनुभएको छ ।

विभागको सदस्इहरुमा कुमार अछामी, गिताध्वज कार्की, गौरी श्रेष्ठ, हिरालाल श्रेष्ठ, चन्द्र बहादुर राई, धर्म तामाङ, कृष्ण काफ्ले, बोधनाथ दुवाडी, घनश्वाम सेडाई, जानुका भट्टराई, विन्देश्वर श्रेष्ठ, पदम सिलवाल, प्रमे दवाडी, अन्जु कुमार श्रेष्ठ, सुवाष ठकुरी, गौरव चौलागाई, सूर्य तिमलसिना, सत्यराम गिरी, रामकुमारी महर्जन र हरिप्रसाद पौडेल रहनुभएको छ ।

प्रमुख उपप्रमुख सहित विभागमा २२ जना सदस्य रहेका छन् । प्रदेश कमिटी बैठकले पार्टी एकीकरण भएको दुई बर्षपछि तीस वटा विभागहरु गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्