उमाकुण्ड गाउँपालिकामा दोस्रो राष्ट्रपति शिल्ड प्रतियोगीता सम्पन्न



विष्णु खड्का
१६ फागनु, रामेछाप । उमाकुण्ड गाउँपालिकामा सुरु भएको दोस्रो राष्ट्रपति रिङ शिल्ड प्रतियोगीता सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित सुरु भएको प्रतियोगीता सम्पन्न भएको हो । उमाकु्ण्ड गाउँपालिकाभित्र रहेको ७ वटा माविका छात्र, छात्राहरुले प्रतियोगीतामा भाग लिएका थिए ।

विभिन्न खेलमा सिद्धेश्वर मावि बाम्तीभण्डारले ७ स्वर्ण, ६ रजत र ४ कास्य गरी १७ पदक प्राप्त गरि पहिलो स्थान हात पारेको छ । त्यसैगरी चण्डेश्वरी मावि प्रितिले ७ स्वर्ण, ३ रजत र १ कास्य गरी जम्मा ११ पदक प्राप्त गरि दोस्रो र काँस्थेम मावि भुजीले २ स्वर्ण,४ रजत र ५ कास्य गरि ११ पदक प्राप्त गरि तृतिय भएको छ । प्रतियोगीतामा सरस्वती मावि प्रितीले जम्मा ७ पदक प्राप्त गरी चौथो भएको छ । प्रतियोगीता अन्तर्गत शिक्षकहरुबीच भएको भलिबल खेलमा सिद्धेश्वर मावि बाम्तीभण्डारका शिक्षकहरुको टिमले प्रथम स्थान हात हासिल ग¥यो ।
विजयी प्रतियोगीहरुलाई उमाुकण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उर्मिला कार्की लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्