को हुन प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा ?



१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ । जुत्ता जुत्ता प्रहार गर्ने युवकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । जुत्ता प्रहार गर्ने जुम्ला सिञ्जाको रतन तिरुवा रहेका प्रहरीले जनाएको छ ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको प्रथम स्मृतिसभामा संबोधन गरेर आफ्नो सिटमा फर्किने क्रममा तिरुवाले दर्शक दीर्घाबाट प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर उनको जुत्ता मञ्चसम्म पुगेन र प्रचण्डलाई लाग्न पाएन ।त्यसपछि प्रहरीले तत्कालै तिरुवालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्