प्रधानमन्त्री ओलीलाई मिगौला दिन समिक्षा शिक्षण अस्पतालमा, तयारी पूरा



१९ फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिनुहुनेभएको छ । प्रधानमन्त्री ओलीलार्ई मिर्गौला दाता समीक्षा त्रिवि शिक्षण अस्पताल पुग्नुभएको छ । यसअघि उहाँलाई मिर्गौला दिन नेपालमा रहनुभएकी भाञ्जी समीक्षा र अमेरिकामा रहेका भाञ्जा तयार भएको बताइएको थियो । ओली अमेरिका गएको खण्डमा भाञ्जाको मिर्गौला दिने तयारी भएपनि उहाँले नेपालमै प्रत्यारोप गर्ने भनेपछि नेपालमै रहेकी भान्जी समीक्षको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

३२ वर्षीया समीक्षा झापा चारआलीकी बासिन्दा हुन् । उहाँ प्रधानमन्त्री ओलीलाई पहिला मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी समेत हुन् । त्रिवि शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गाैला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । रेकर्डमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा)’ भनिएको छ । यसैबीच समीक्षा सोमबार अपरान्ह अस्पताल पुगिसक्नुभएको छ ।
प्रधानमन्त्री ओलीको नीजि सचिवालयका अनुसार उनको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरुले आवश्यक तयारी पूरा गरिसकेका छन् । सोमबार र मंगलबार आवश्यक अब्जरभेसनमा राखेर बुधबार प्रत्यारोपणको तयारी भएको छ ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । चिकित्सकहरुले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेमा कम्तीमा १० वर्षका लागि समस्या नपर्ने बताए अनुसार ओली स्वदेशमै मिर्गौला प्रत्यारोपाण गर्न तयार हुनुभएको हो ।
यसैबीच नयाँदिल्लीको अपोलो अस्पतालबाट ओलीको मिर्गौला प्रत्यारोपणका लागि दुईजना चिकित्सक पनि आउनेबारे छलफल भइरहेको बताइएको छ । पहिलो पटक १३ वर्षअघि अपोलो अस्पतालमा ओलीको मिर्गौला प्रत्यारोपण गरेका चिकित्सकहरु नै पुन नेपाल आउन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्