रामेछापबाट काठमार्डौ आएको बस काभ्रेमा दुर्घटना



२१ फागुन, काठमाडौं । रामेछापको दोरम्बा गाउँपालिकाबाट काठमाडौं आएको बस चौंरीदेउराली गाउँपालिका–५ स्थित ढाँटखर्कमा बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् ।

घाइते सबैको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय काठमाडौंले बताएको छ । प्रहरीका अनुसार घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।

रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर तल खसेर दुर्घटना भएको स्थानीयले बताएका छन् । विपरित दिशाबाट आएको गाडीलाई साइड दिनका लागि ब्याक गर्नेक्रममा बस दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्