सफलतापूर्वक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न



२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा बुधबार मिर्गौला प्रत्यारोपण गरिएको र त्यो सफल भएको अस्पतालले बताएको छ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । यस अघि भारतमा मिर्गौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीले यस पटक भने देशभित्रै मिर्गौला प्रत्यारोपण गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको प्रा. डा. प्रेमराज ज्ञवालीले बताउनुभयाे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीलाई बिहान १० बजे शल्यक्रियाकक्षमा लगिएको थियो।

डा. ज्ञवालीको नेतृत्वमा गरिएको शल्यक्रिया र मिर्गौला प्रत्यारोपणको प्रक्रिया दिउँसो ३ बजे सकिएको थियो। त्यसमा झन्डै दुई दर्जन चिकित्सक सहभागी भएका थिए । नयाँ मिर्गौलाले काम गर्न थालेको र प्रत्यारोपण सम्पन्न भएपछि ओलीले आधा लिटर पिसाब फेरेको बाताइ्एकाे छ । अब ओलीको शरीरमा चारवटा मिर्गौला भएका छन्।

प्रतिक्रिया दिनुहोस्