संघीय निर्वाचन क्षेत्र रामेछापको इन्चार्जमा पूर्व सभासद तामाङ



२५ फागुन, काठमाडौं ।
पूर्व सभासद एवं नेकपा बागमती प्रदेशका सदस्य डिल्लीमान तामाङ संघीय निर्वाचन क्षेत्र रामेछापको इन्चार्जमा चयन हुनुभएको छ । बागमती प्रदेश कमिटीको बैठकले तामाङलाई निर्वाचन क्षेत्रको इन्चार्ज बनाउने निर्णय गरेको हो । यसअघि जिल्ला अध्यक्ष समेत भइसक्नुभएका तामाङलाई पार्टी एकीकरणपछि पुनः अध्यक्षको रुपमा प्रस्ताव गरिएको थियो ।

तर पार्टीले तत्कालिन अध्यक्ष र सचिवलाई नै अध्यक्ष र सचिव बनाउने निर्णय गरेपछि तामाङ जिल्ला अध्यक्ष बन्नबाट बञ्चित हुनुभएको थियो । पार्टीले तामाङलाई नयाँ जिम्मेवारी सहित संघीय निर्वाचन क्षेत्रको इन्चार्ज बनाएको हो । रामेछापमा एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको छ । इन्चार्ज तामाङले पार्टीले दिएको जिम्मेवारी अनुसार पार्टीलाई सदृढ बनाउने कार्यमा लाग्ने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्