दुई अर्ब लगानीमा सेलेघाट–साँघुटार सडक कालोपत्रे हुदैछः सांसद श्रेष्ठ



२६ फागुन, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको बताउनुभएको छ । उहाँले लामो समयदेखि हुन नसकेको विकास निर्माणको काम नेकपा नेतृत्वको सरकारले तीब्रताको साथ अगाडि बढाएको बताउनुभएको हो । सडक निर्माण विद्युतीकरण, खानेपानीको आयोजना सञ्चालन स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको लागि काम भइरहेको बताउदै पूर्व गृहराज्यमन्त्री समेत रहनुभएका सांसद श्रेष्ठले सरकारले काम गरेन भनेर आलोचना गर्नुको कुनै अर्थ नरहेको बताउनुभयो ।

रामेछाप नगरपालिका–२ देउराली स्थित सितलादेवी माविको हिरक महाोत्सवलाई सम्बोधन गर्दै सांसद श्रेठले रामेछापलाई समृद्ध बनाउने अभियानमा आफूले सक्दो भूमिका निर्वाह गरेको बताउनुभयो ।

सेलेघाट–साँघुटार सडकको कालोपत्रे गर्ने काम अगाडि बढिसकेको बताउदै २ अर्ब रुपैयाँमा ४९ किलोमिटर सडक कालोपत्रेको प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो,‘निकै मेहनत गरेर सेलेघाट–साँघुटार सडक कालोपत्रेको काम अगाडि बढेको छ, यसबाट जिल्लाको दक्षिण क्षेत्रका बासिन्दालाई ठूलपो सुविधा हुन्छ ।’ कार्यक्रममा बागमती प्रदेशका सांसद शान्ति पौडेल, पूर्व सभासद तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापा लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्