नेकपा बागमती प्रदेश प्रचार विभागको सह–संयोजकमा घिसिङ चयन



३ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटीका सदस्य टंकलाल घिसिङ ‘टलक’लाई प्रचार विभागको सह–संयोजकका चयन गरिएको छ । प्रदेश कमिटीको कार्यालयको बैठकले घिसिङलाई सह–संयोजकको जिम्मेवारी दिएको हो ।

नेपाल रग्बी संघका केन्द्रीय अधयक्ष समेत रहेका युवा नेता घिसिङ रामेछाप सुनापती गाउँपालिका–२ दिमीपोखरी निवासी हुन् । घिसिङले प्रदेशको प्रचार प्रकाशन बिभागको सह–संयोजकको जिम्मेवारी पाउनुभएको छ ,। सह–संयोजकमा चयन हुनुभएका घिसिङले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न प्रतिबद्ध भएर लाग्ने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्