ग्यास बाल्न छोडेर इन्डक्सन चुलो प्रयोग गराैं, देश समृद्ध बन्छः कुलमान घिसिङ



५ चैत्र, काठमाडौं ।
कोराना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिरहेको छ । कोराना भाइरस नेपालमा अहिलेसम्म देखिएको छैन् । तर बजारमा ग्यासको कालोबजारी सुरु भइसकेको छ । कालोबजारी हुन थालेपछि खाना पकाउने एलपी ग्यासको हाहाकार छ । उपभोक्ताले मागेका बेला ग्यास नपाइरहेका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्यासको सट्टा खाना पकाउने विद्युतीय उपकरण र चुल्हो (इन्डक्सन)को प्रयोग गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ ।
उहाँले उपभोक्ताले ढुक्क भएर विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोग गर्न सक्ने बताउदै घिसिङले ढुक्क भएर इन्डक्सन प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,‘ढुक्क भएर इन्डक्सन चुलो प्रयोग गर्नुहोस, बिजुलीको चिन्ता लिनु पर्दैन, ग्यास पाइएन भनेर निराश हुनु पर्दैन ।’
एक सिलिन्डर ग्यास किन्न १४ सय खर्च हुन्छ तर उक्त ग्यास बराबरको खाना पकाउन इन्डक्सनमार्फत विद्युतबाट ९ सय हाराहारीले पुग्ने विद्युत प्राधिकरणले बताएको छ । २०७५ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मट्टितेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो । अध्ययनले सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले तोकेको बिजुलीको विद्यमान मूल्यअनुसार ५ जनाको परिवारले १५ एम्पियरको विद्युत् महसुल अनुसार खाना बनाउन मट्टितेल प्रयोग गरियो भने मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखाएको थियो ।

प्राधिकरणले घरेलु ग्राहकलाई इन्डक्सन प्रयोगमा प्रोत्साहित गर्ने गरी नयाँ महसुल पनि प्रस्ताव गरेको छ । प्राधिकरणले जति बढी विजुली उपयोग गर्यो उति नै सुलभ मूल्य रहने गरी विद्युत नियमन आयोगसँग नयाँ महसुल प्रस्ताव गरेको हो । कार्यकारी निर्देशक घिसिङले वैज्ञानिक र व्यवहारिक ढंग विद्युत महसुल तय गर्दा हिटर, एसी, इन्डक्सन लगायतको प्रयोग बढ्ने बताउदै देशभित्र बिजुलीको खपत बढे त्यसले आन्तरिक उत्पादकत्व बढेर अर्थतन्त्र चलायमान बन्ने बताउनुभयो । मासिक २ सय युनिट खपत गर्ने ग्राहकलाई अझ बढी खपतका लागि आकर्षित गर्नेगरी आकर्षक महसुल निार्धरण गर्दासबैले इन्डक्सन प्रयोग गर्न सक्ने घिसिङको विश्वास छ ।
नेपालमा मासिक २७ लाख बढी सिलिन्डर ग्यास खपत हुन्छ । अहिले अभाव भएपछि त्यस्तो माग दोब्बर भएको छ । नेपालले वार्षिक करिब ४ लाख ५६ हजार मेट्रिक टन ग्यास आयात गर्छ ।

प्रतिक्रिया दिनुहोस्