खाँडादेवी गाउँपालिकामा नक्कली नोटको बिगबिगीः १ लाख नक्कली नोट बरामत दुई जना पक्राउ



५ चैत्र, रामेछाप

खाँडादेवी गाउँपालिकाको– १ राकाथुममा नक्कली नोटको बिगबिगी भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान आगाडि बढाएको छ । एक गोरु व्यापारीले गोरु खरिद गरे बापतको पैसामा बीचबीचमा नक्कली नोट समावेश गरेर वितरण गरेको तथ्य पत्ता लागेपछि प्रहरीले व्यापारी मार्फत स्थानीयलाई पैसा वितरण गर्ने दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राकाथुमका ढकबहादुर तामाङ र मझुवाका सार्की तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नक्कली नोट पत्ता लाग्ने वित्तिकी हामीले अनुसन्धान अगाडि बढाएका छौ, दुई जनालाई पक्राउ गरेर अनुसन्धान हुँदैन, अहिलेसम्म एक लाख नक्कली नोट बरामत गरेका छौं ।’ गाई गोरु खरिद गरेपछि खाँडादेवी गाउँपालिका निवासी तामाङद्धयलाई पैसा लिएर गाईगोरु धनीलाई पैसा पठाएका व्यापारी भने फरार रहेका छन् । प्रहरीले नक्कली नोट दिन गोरु व्यापारीको खोजी कार्य सुरु गरेको छ । पक्राउ गरेका तामाङद्धयले आफूहरुलाई व्यपारीले दिएर पठाएको पैसा मात्र वितरण गरेको प्रहरीसमक्ष बताएका छन् ।नक्कली नोट भेटिएमा तत्काल खबर गर्न पनि प्रहरीले स्थानीयवासीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्