काेराेनाबाट जाेगाउन सबै स्रोत र साधन परिचालन गर्ने बाग्मती प्रदेश सरकारको निर्णय



६ चैत्र, हैटौडा । बाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको विशेष मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सङ्घीय सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा उतार्न तथा प्रदेश सरकारका नयाँ योजना बनाउन मन्त्री परिषद्को बैठक बसेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा आपत्कालीन स्थितिमा परिचालन गर्न आवश्यक जनशक्ति तथा सामग्रीको तयारी अवस्थाका बारेमा छलफल भएको मन्त्री ढुंगेलले बताउनुभयो । बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिकार्यको लागि मातहतका निकाय तयार रहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्