कोरोना भाइरसको बारेमा अफवाह फैलाउने रामेछापका थापामगर प्रहरी खोरमा



९ चैत्र, काठमाडौं ।
विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढिरहे पनि नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि सक्दो सुरक्षा सर्तकता अपनाउने गरी निर्णय गरेको छ । सामाजिक सञ्जाल मार्फत कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको भनेर अफवाह फैलाउने रामेछापका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । कोरोनाका कारण निर्भक अस्पतालमा एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा थापामगरले अडियो सन्देश पोष्ट गरेका छन् ।

नर्भिक अस्पतालमा ९ जनामध्ये ६ जनामा कोरोना भाइरसबाट संक्रमित फेला परेको भन्दै उनले अडिओ बनाएका थिए। तर नर्भिक अस्पताले कोरोना संक्रमित भएका कुनै पनि बिरामी अस्पतालमा भर्ना नभएको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ । उक्त अडियो म्यासेन्जरमा भाइरल भएपछि प्रहरीको साइबर ब्युरो अनुसन्धानमा जुटेको थियो।

प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले सामाजिक संजालको दुरुपयोग गर्दै अडियो मेसेज मार्फत राजधानी काठमाडौंको अस्पतालमा ६ जनालाई कोरोना भाइरस देखिएको र नेपालमा फैलिईसकेको भन्ने अफवाह फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा रामेछाप खाँडादेवी गाउँपालिका घर भइ हाल भक्तपुर सिपाडोलमा बस्दै आएको युवकलाई प्रक्राउ गरेको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रारम्भिक सोधपुछमा थापामगरेले आफूले संचालन गरेको पेजमा भ्रम र अफवाह फैलाएको स्वीकार गरेका छन् । थापा नेविसंघका नेता  समेत रहेका खुलेकाे छ ।

प्रतिक्रिया दिनुहोस्