पत्रकार प्रमोद दाहाललाई पितृ शोक



१० चैत्र, रामेछाप । प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ सिन्धुलीका सदस्य प्रमोद दाहालका पिता डिल्लीप्रसाद दाहालको ८४ वर्षको आज निधन भएको छ ।

सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका– ५ नागेडाँडास्थित निवासमै उपचारकै क्रममा राति निधन भएको हो । उहाँलाई केही दिनदेखि सामान्य पखाला र ज्वरो आएको पारिवारिकका आफन्तले बताएका छन् । स्वर्गीय दाहालको सुनकोशीस्थित घाटमा अन्त्येष्टि तयारी भइरहेको छ । स्वर्गीय दाहालका श्रीमती, चार छोरी र दुई छोरा हुनुहुन्छ । उहाँको जेठा छोरा विनोदराज दाहालको केही वर्षअघि निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्