सुनापती गाउँपालिकाको तीन नाकामा हेल्थ डेक्स, गाउँपालिका प्रवेशमा कडाइ



१० चैत्र, रामेछाप ।
सुनापती गाउँपालिकाले गाउँपालिकाको मुख्य तीन वटा नाकामा हेल्थ डेक्स राख्ने भएको छ । गाउँपालिकाले लुभुघाट, गाल्वा भञ्ज्याङ र चौरी खोलामा हेल्थ डेक्स राख्न लागेको हो । सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले गाउँपालिकाभित्र स्वास्थ्य परीक्षण गराएर मात्र नागरिकहरुलाई प्रवेश दिने रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘स्वास्थ्य परीक्षणको लागि भोलीबाट तीन वटा नाकामा स्वाथ्यकर्मी सहितको टोली परिचालन गछौं ।’

गाउँपालिकाले स्वास्थ्य शाखा अन्तर्गत रहेको सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा नागरिकहरुलाई सुविधा दिने गरी व्यवस्था मिलाएको बताएको छ । अध्यक्ष लामाले भन्नुभयो,‘सम्भावित कोरोना भाइरसको बिरामी आशका भएका गाउँपालिकासँग परीक्षण गर्ने अस्पताल छैन, त्यही भएर चार वटा एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं ।’

अपरिचित व्यक्तिलाई गाउँपालिकाभित्र प्रवेश गर्न नदिने उहाँले बताउनयो । गाउँपालिकाभित्र रहेको स्वास्थ्य चौकी र समुदायिक क्लिनकलाई व्यस्थित गरेको बताउदै उहाँले कोरोना भाइरको बारेमा जनस्तरमा जनचेतनाको कार्यक्रम पनि सञ्चालन गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्