रामेछापमा एक साताका लागि कफ्यु आदेश जारी



११ चेत्र, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापले एक साता कफ्यु आदेश जारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट जिल्लाभित्र फैलिन नदिन प्रशासनले कफ्यु आदेश जारी गरेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालेद्धारा जारी सूचनमा संघीय सरकारको निर्देशन र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार चैत ११ गते मंगलबार बिहान ६ बजे देखी चैत १८ गते बिहान ६ बजे सम्म कर्फ्यु जारी गरिएको छ ।

प्रशासनले कर्फ्युको समयमा औषधी उपचार ,खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काम बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । यस्तै अनुमति प्राप्त सवारी साधन , स्वास्थ्यकर्मी ,सुरक्षा निकायले प्रयोग गर्ने बाहेकका सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबहाक सवारी साधन संचालनमा पनि पुर्ण रुपमा रोक लगाएको सूचनमा उल्लेख गरिएको छ ।

जारी निषेधाज्ञामा स्वास्थ्य , सरक्षा,खाद्य वस्तु , खानेपानी , दुध ,विद्युत ,दुरसञ्चार , सूचना तथा सञ्चार,भन्सार , क्वारेन्टाइन , फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय संचालनका लागि आवश्यक पर्ने कर्मचारीहरु मात्रै उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बेलामा तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखलाई विदा दिन भनिएको छ । सूचनामा यदि कसैले कर्फ्युको अवहेलना गरे वा काममा वाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने चेतावनी पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्