खाँडादेवी गाउँपालिकाको सित्खामा हेल्थ डेक्स सञ्चालनमा



११ चैत्र, रामेछाप ।
खाँडादेवी गाउँपालिका प्रवेश गर्ने मुख्य नाका रामेछाप–सिन्धुली जोडने सित्खामा हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ । खाँडादेवी गाउँपालिका–३ भिरपानीस्थित सित्खामा पाँच जना स्वास्थ्यकर्मी सहितको हेल्थ डेक्स सञ्चालमा ल्याएको हो ।

कोरोना भाइरसको संक्रमित गाउँपालिकाभित्र प्रवेश नगरुन भनेर हेल्थ डेक्स सञ्चालनमा ल्याएको वडा अध्यक्ष पुष्कर कुमार कार्कीले बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सरकारले लकडाउन गरेको छ, तर पनि गाउँपालिकाभित्र प्रवेश गर्ने नागरिकहरु आउने क्रम जारी छ, आज मात्र दुई सय भन्दा बढी नागरिकहरु गाउँपालिका प्रवेश गरेका छन् ।’ वडा अध्यक्ष कार्कीले रामेछापवासी भएको परिचयपत्र खुल्न कागतजात देखाएर मात्र प्रवेश गर्न दिने गरेको बताउनुभयो ।
भिरपानी वडाका वडा सदस्य भिम श्रेष्ठले गाउँपालिका प्रवेश गर्ने नागरिकहरुलाई अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गरेर मात्र पठाउने गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिका प्रवेश गर्ने मुख्य नाकालाई व्यवस्थित बनाएका छौ ।’

प्रतिक्रिया दिनुहोस्