भारतमा आजबाट २१ दिनसम्म पूर्ण लकडाउनकाे घाेषणा



भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आजै मध्यरातिबाट लागु हुनेगरी पूर्ण ‘लक डाउन’ घोषणा गरेका छन् । ‘हिन्दूस्तानलाई बचाउनका लागि राति १२ बजेदेखि लागु हुनेगरी पूरै देशमा पूर्ण लकडाउन गरएिको हो । प्रधानमन्त्री मोदीले यो जनता कफ्यु भन्दा निकै कडा हुने बताए । आज देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भने, ‘बाहिर निस्कनु के हो यी २१ दिनका लागि भुलिदिनुस् । यी २१ दिन हामीले आफुलाई सम्हाल्न सकेनौँ भने देश २१ वर्ष पछि धकेलिनेछ । ’

कोरोनाविरुद्ध लड्न सामाजिक दूरी कायम राख्नुको विकल्प नरहेको बताउदै मोदीले भने,‘‘कोरोनासँग लड्नका लागि सोसल डिस्टेन्सिङ जरुरी छ । हामीले संक्रमणको चक्रलाई तोड्नुपर्छ । कोरोनासँग तब मात्र बचिन्छ जब हामी घरको लक्ष्मण रेखा नाघ्दैनौँ, ।’ हामीले देखिरहेका छौँ कि विश्वका सामर्थवान देशहरु यो महामारीको अगाडि लाचार बनेका छन् । उनीहरुको प्रयास नगरेका पनि होइनन्, उनीहरुसँग संशाधनको कमी पनि छैन । तर कोरोनाभाइरस यति तेजीले फैलिरहेको छ कि सबै तयारी र प्रयासका बावजुद यो फैलिरहेको छ । सबै देशले दुई महिनाको अध्ययन पछि निष्कर्ष निकालेका छन् कि कोरोनासँग प्रभावकारी रुपमा लड्न एक मात्र विकल्प भनेको सोशल डिस्टेन्सिङ नै हो, उनले सम्बोधनको क्रममा भनेका छन् ।
उनले कोरोनाको अर्थ भनेको को– कोही, रो–रोडमा, ना– न निक्लनु भन्ने रहेको पनि जिकिर गरे ।

उनले यस अवधीमा हरेक राज्य, जिल्ला, गल्ली र गाउँ लकडाउन हुने बताए । सरकारले अत्यावश्यक सबै कुराको तयारी गरेको उनले बताए । उनले सबै जनतासामु सरकारले लागु गरेका नियम पालना गर्न अनुरोध गरे । यसअघि गत आइतबार पनि भारतमा लकडाउन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्