रामेछापमा ३७ शैयाको आइसोलेसन तयारी अवस्थामा



१३ चैत्र, रामेछाप ।
रामेछापको दुई नगरपालिका र दुई गाउँपालिकामा गरी ३७ वार्डको आइसोलेसन स्थापना गरिएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्नको लागि भौतिक पूर्वाधार रहेको अस्पताल र प्राथमिक स्वास्थ्य चौकीमा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले कोरोना भाइरसको नियन्त्रण र रोकथामको लागि पूर्व तयारी अनुसार आइसोलेसन वार्ड स्थापना गरेर तयारी अवस्थामा राखिएको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार मन्थलीको तामाकोसी अस्पतालमा १४ वटा, मन्थलीको सेतो गुराँस बालकालिका केन्द्रमा ४ वटा, जिल्ला अस्पताल रामेछापमा ४ वटा, सुनापती गाउँपालिकाको बेथान प्राथमिक स्वास्थ्य चौकीमा २, सुनापती गाउँपालिकाकै गुन्सी स्वास्थ्य चौकीमा २ र दोरम्बा गाउँपालिकाको दोरम्बा स्वास्थ्य चौकीमा ७ वार्डको गरी २७ वटा आइसोेलेसन तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्