कान्छारामद्धारा एम्बुलेन्स सेवा निःशुल्क गर्ने घोषणा
१४ चैत्र, रामेछाप ।
निर्माण व्यवसायी एवं नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले सम्भावित कोरोना भाइरसबाट संक्रमित भएका रामेछापवासीलाई काठमाडौं लैजाने अवस्था आएमा एम्बुलेन्स सेवा निशुल्क गर्ने घोषणा गरेको छन् । कान्छारामले रामेछापका विभिन्न क्षेत्रमा १२ वटा एम्बुलेन्स निशुल्क रुपमा वितरण गरेका छन् । ती मध्ये हाल १० वटा मात्र एम्बुलेन्स सञ्चालनमा रहेको छ ।
कोरोना भाइरसको संक्रमण र अन्य जुनसुकै कारण विरामी भइ रामेछाप जिल्लामा उपचार हुन नसकि काठमाडौं लैजानु पर्ने रामेछापबासीलाई निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउने तामाङले रामेछाप न्युजलाई बताउनुभयो । उहाँले संकटको घडीमा मानव सेवामा लाग्न समेत रामेछापवासीलाई आग्रह गर्नुभयो ।
एम्बुलेन्स आवश्यक परेमा सम्पर्क नम्बरः
नेपाली कांग्रेस रामेछापका सभापति, लवश्री न्यौपाने ९८५११५७२४४
पूर्णबहादुर तामाङ कान्छाराम तामाङ्ग(९८५१०५८६३२
नेपाली काँग्रेस जिल्ला सचिवलेखवहादुर कार्की ९८५११७०३४४
रामेछाप सामुदायिक अस्पतालका अध्यक्ष नारायणदाश श्रेष्ठ ९८५१०४९९६९