नेपालमा चौथो व्यक्तिमा भेटियो कोरोना भाइरसको संक्रमण



१४ चैत्र, काठमाडौं । नेपालमा चौथो व्यक्तिमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । कैलालीको धनगढीमा रहेका एक व्यक्तिमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । ती संक्रमित व्यक्तिको धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकार दिनुभयो ।

उहाँका अनुसार ती व्यक्ती चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । दुबईबाट आएका ३४ बर्षिय ती व्यक्तिको अवस्था खतरामुक्त रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले साँझ आकास्कि ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो । मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो । तर साँझ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट कोरोना संक्रमण देखिएको रिपोर्ट आएपछि मन्त्रालयले दोस्रो ब्रिफिङ गर्दै उक्त जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्