प्रधानमन्त्री ओली डिस्चार्ज



१४ चैत्र, काठमाडौं ।
स्वास्थ्यमा समस्या आएपछि विहिवार राती अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज हुनुभएको छ । मुटुको चालको धडकनमा समस्या भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँ मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरु अस्पताल जानुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्