नेपालगञ्जमा नेपाल एयरलाइन्सकाे विमान दुर्घटना



१५ चैत्र, काठमाडौं ।
काठमाडौंबाट गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ ।कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको वाइ १२ जहाज अवतरणका क्रममा समस्या आएर रनवे नजिकै ‘अन्डरसुट’ भएर घाँसे मैदानमा पुगेको हो । नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी बिमान दुर्घटना भएपनि विमानभित्र रहेका सबै सकुशल रहेको जानकारी दिनुभयो ।

ल्यान्ड गर्दा धावनमार्ग भन्दा अलिकति अगाडि गयो, तर, जहाज रोकिइसकेका कारण कुनै दुर्घटना भएन, उहाँले भन्नुभयो । उहाँका अनुसार विमानमा सामान्य क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्