रामेछापमा क्वारेन्टाइनमा बस्नेकाे संख्या बढदै कुन स्थानीय तहमा कति ?



१५ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाभित्र क्वारेन्टाइनमा बस्नेको संख्या बढदै गएको छ । विशेष गरी विदेशबाट जिल्ला भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइन राख्ने अभियान नै सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो ।

उहाँका अनुसार शनिबारसम्म गोकुलगंगा गाउँपालिकामा ७ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ६ जना, रामेछाप नगरपालिकामा १७ जना ,खाँडादेवी गाउँपालिकामा १० र लिखुतामाकोशी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखेर निगरानी गरिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै खानापिनको व्यवस्थापन गरेका छन् ।

रामेछापमा विहिवार ३५ जना रहेकोमा शुक्रवार ४२ जना रहेकोमा आजसम्म ५४ जना क्वारेन्टाइनमा राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्