रामेछापका सबै नाकामा कडा निगरानी गरेका छौः प्रजिअ शर्मा



१५ चैत्र, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लावासीले लकडाउनको पूर्णरुपमा पालना गरेको बताउनुभएको छ । उहाँले सरकारको निर्णय अनुसार जिल्लाको सबै सीमा नाकामा कडाई गरिएको बताउनुभएको हो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै प्रजिअ शर्माले भन्नुभयो,‘जिल्लाभित्र अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रवेश गर्न दिएका छैनौ, ज्याला मजदुरी गरेर उपत्यका काठमाडौंमा बस्न कठिन हुनुभएका रामेछापवासीलाई भक्तपुर जिल्लाले उपलब्ध गराएको पासको आधारमा मात्र प्रवेश गर्न दिएका छौं ।’

उहाँले विदेशबाट जिल्ला आएका नागरिकहरुलाई क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन पनि आग्रह गर्नुभयो । प्रजिअ शर्माले भन्नुभयो,‘कोराना भाइरसलाई हेलचेक्राइँ नगरौ, सरकारको निर्णय पालना गरौं ।’ उहाँले जिल्लाभित्र अत्यावश्यकीय वस्तुको अहिलेसम्म अभाव नरहेको बताउदै आवश्यक खाद्यवस्तुको आयात गर्नको लागि सरोकारवाला निकायसँग समन्वय गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्