रामेछाप र सोलुखुम्बुको सीमाना ठाडोखोलमा हेल्थ डेक्स सञ्चालनमा



विष्णु खड्का
१५ चैत्र, रामेछाप । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन रामेछाप र सोलुखुम्बुको सीमाना ठाडोखोलामा हेल्थ डेक्स सञ्चालन गरिएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सिमानामा रहेको लिखु खोलामा निर्माणधिणे लिखु जलविद्युत आयोजनमा भारतीय नागरिकहरुको आवतजावत हुने भएकाले हेल्थ डेक्स सञ्चालनमा ल्याइएको हो ।

लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि सुरक्षा शर्तकता अपनाइएको बताउनुभयो । सरकारले लकडाउनको घोषणा गरेसँगै जलविद्युतको काम पनि रोकिएको छ । उक्त सीमाबाट आवत जावत गर्ने व्यक्तिहरुको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइने गरेको छ ।

सीमा नाकामा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपीइ नहुदा पनि आवत जावत गर्ने व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिरहेको स्वास्थ्य चौकी चौलाखर्कका अहेव सबिता बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार शनिवार मात्र ३७९ जनाले स्वास्थ्य जाँज गरिएको छ । त्यसैग्री गाउँपालिका अध्यक्ष बस्नेतले हिमगंगा मावि चौलाखर्कमा २५ सैयाको क्वारेन्टाइन तयार पार्ने काममा लागेको बताउनुभयो । उहाँले बैदिशिक रोजगारीबाट स्वदेश फर्किएका ब्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्