लकडाउनको समय १४ दिने थप्न प्रस्ताव गर्ने उच्चस्तरीय समितिको निर्णय



१६ चैत्र,काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा आज बसेको बैठकले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । तर कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै समितिले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ । आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे आवश्यक निर्णय लिनेछ ।

भिडियाे स्राेत न्युज एजेन्सी 

 

https://www.facebook.com/sabin.dhamala/videos/3092021040822078/

प्रतिक्रिया दिनुहोस्