कोरोनाकाे आशंका आइसोलेसनमा उपचार गरिएका युवाको मृत्यु



१६ चैत्र, काठमाडौं ।
कोरोना भाइरसको आशंकामा आइसोलेसनमा उपचार भइरहेका एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका ती युवाको आज मृत्यु भएको हो ।
सैनामैना नगरपालिकाका ३४ वर्षीय बाबुराम थापाको आइतबार मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो । उहाँका अनुसार थापा चैत ६ गते दुबईबाट फर्किएका थिए ।

घरमा औषधि खाँदा निको नभएपछि थापा चैत्र १३ गते अस्पताल भर्ना भएका थिए । थापालाई आइतबार आईसियुमा राखी उपचार गर्ने तयारी गरिरहेको बेला मृत्यु भएको डाक्टर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन् । मृतक थापालाई कोरोना भएको आशंकामा स्वाब निकालेर परीक्षणको लागि काठमाडौं ल्याइउको छ ।

प्रतिक्रिया दिनुहोस्