आपूर्ति व्यवस्थापनको काम स्थानीय तहले गर्ने निर्णय



१६ चैत्र, काठमाडौं ।
गृह मन्त्रालयले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै थानीय तहले लिने निर्णय गरेको छ । आपूर्ति व्यवस्थालाई सहज बनाउने स्थानीय तहले नै निर्णय लिने निर्णय गरेको हो ।
गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा आज बसेको बैठकले आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ । गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, महानगरपालिका तथा नगरपालिकाका प्रमुखको सहभागीता रहेको उक्त बैठकले आपूर्ति व्यवस्थापनको नेतृत्व सबै स्थानीय तहले लिने गरी निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदार प्रसाद शर्माद्धारा जारी विज्ञप्तीमा विक्री वितरण गर्दा न्यूनतम एक मिटरको दुरी कायम गर्ने गरी स्थानीय तहले मापदण्ड बनाउनु पर्नेछ । आपूर्ति व्यवस्थापनलाई सहज बनाउन प्रत्येक वडाका वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको प्रतिनिधित्व हुने गरी समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
वडास्तरीय समितिले आफ्नो वडा भित्र रहेका हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुको लगत संकलन गर्ने हालको स्थितिमा रोजगारीको अभावमा गुजारा चलाउन नसक्ने व्यक्तिहरुलाई वडास्तरीय समितिले सहयोग स्वरुप न्यूनतम दैनिक उपभोग्य वस्तुहरुको उपलब्ध गराउने निर्णय गरेको छ ।
बैठकले कुनै निकाय संघ संस्था र व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने छ । स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्नेछ ।सहायताको नाममा कसैले पनि चन्दा उठाउन वा आफुखुसी सहायता वितरण गर्न नपाउने बताउदै विज्ञप्ीमा वितरणमा दोहोरोपना हुन नदिने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्