तिल्पुङ १० सैयाको क्वारेन्टाइन तयार
१७ चैत्र, रामेछाप ।
कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम र नियन्त्रणको लागि रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका जनप्रतिनिधि र स्थानीय सक्रिय भएका छन् । वडा कार्यालयभित्र रहेको नवदर्शन माबिमा १० सैयाको क्वारेन्टाइन तयार पारिएको हो ।
तिल्पुङका वडा अध्यक्ष सुबास बोहराले विदेशबाट आएका र कोरानाका आशंका गरिउका व्यक्तिहरुलाई क्वारेन्टानमा राखिने बताउनुभयो । उहाँले को २४ सै घण्टा एम्बुलेन्स पनि तयारी अवस्थामा राखिएको बताउनुभयो । वडा अध्यक्ष बोहोराले कोरोनासँग मिल्दो लक्षण देखिए र आशंका लागे वडा कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।
उहाँले विदेशबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न आग्रह गर्दै त्यसको व्यवस्थापन सबै वडा कार्यालयले गर्ने जानकारी दिनुभयो । १३ सय घरधुरी रहेको तिल्पुङमा ४३ सय जनसंख्या रहेको छ ।