सुनापती गाउँपालकामा १० जना क्वारेन्टाइनमा, विदेशबाट आएका निगरानीमा



१७ चैत्र, रामेछाप ।
सुनापती गाउँपालिकाले विदेशबाटहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने काम सुरु गरेको छ । गाउँपालिकाले वडा नम्बर १ गुन्सीमा पाँच र वडा नम्बर ३ हिलेदेवीमा पाँच जनालाई होम क्वारेन्टाइमा राखेको हो । हिलेदेवीमा क्वारेन्टाइनमा राखिएका व्यक्ति पाँचौ कोरोना संक्रमित महिला आएको प्लेनमा नेपाल आएको बताइएको छ ।


नेपाल आए लगत्तै स्वास्थ्य परीक्षण गर्दा संक्रमणको कुनै लक्षण नखिएको भन्दै शनिवार टयाक्सी लिएर सुनापती गाउँपालिका पुगेका थिए । लगत्तै स्थानीयले गाउँपालिका र प्रहरीलाई खबर गरेका थिए । हिलदेवी निवासी दुई जना र उनका परिवार सहित पाँच जनालाई स्वस्थ्यकर्मी र सुरक्षाकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राख्ने निर्णय गरेको सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बताउनुभयो ।
उहाँका अनुसार कोरोनाको आशंकामा नभई थप सावधानी अपनाउनको लागि विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । अध्यक्ष लामाले गुन्सीमा पनि केही दिन अघि दुबईबाट आएका सहित उनको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको बताउनुभयो । अध्यक्ष लामाले रामेछाप न्युजसँग भननुभयो,‘विदेशबाट गाउँपालिकाभित्र आएका व्यक्तिहरु स्वयंमले क्वारेन्टानमा नबसेको पाइएमा वडा कार्यालय, गाउँपालिकाको कार्यालय र प्रहरीलाई खबर गर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्